
टोकियो, १२ साउन । जापानमा आज गएको ७.१ म्याग्निच्युडको भूकम्पका कारण सपिङ मल भत्किदाँ दर्जनौको मृत्यु भएको छ।
प्रधानमन्त्री सानाए ताकाइचीले मानिसहरूलाई ‘उस्तै तीव्रताको अर्को भूकम्प जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्क रहन’ आग्रह गरेकी छन्।

भूकम्पपछि जापानी किनमेल केन्द्र भित्र धेरै मानिसहरू फसेको जापानीको अग्नि नियन्त्रक सेवाले जनाएको छ। एक प्रत्यक्षदर्शीले कुमामोटोमा रहेको मलको दोस्रो तल्ला भत्किएको बताएका छन्। सो क्रममा २० देखि ३० किनमेल केन्द्रका कर्मचारी बेपत्ता भएको हुन सक्ने रिपोर्ट गरिएको छ। तर तथ्याङ्क पुष्टि भएको छैन।


स्थानीय समय अनुसार ४ः२७ बजे क्युशु टापुमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यसले विद्युत आपूर्ति बन्द भएको र सडकहरू क्षतिग्रस्त भएको छ। थियो। एउटा हवाई तस्बिरले क्रसिङको समानान्तर खण्डमा कारहरू गुज्रिरहेको बेला भत्किएको फुटब्रिज देखाएको छ।
अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार काशिमा सहरस्थित आयन मल कुमामोतो भित्र धेरै मानिसहरू फसेको हुन सक्ने अनुमान गरिएको छ। भूकम्पपछि त्यहाँ विस्फोटको घटना भएको थियो र भवनको दोस्रो तला भत्किएको छ।

प्रहरीका अनुसार सो सपिङ मलमा करिब २० देखि ३० जना मानिसहरूको अवस्था अज्ञात छ। घटनाको विस्तृत विवरण अझै स्पष्ट भइसकेको छैन र त्यहाँ कुनै ग्राहकहरू परेका छन् वा छैनन् भन्नेबारे पनि जानकारी प्राप्त भएको छैन। अधिकारीहरूले उद्धार कार्य जारी रहेको बताएका छन्।
एनएचकेको हेलिकप्टरबाट लिइएको दृश्यमा सपिङ सेन्टरको बाहिरी भित्ताका केही भागहरू खसेको र भवनको संरचना देखिने गरी भित्री भाग खुला भएको देखिएको छ। मल नजिकै रहेका एक ट्याक्सी चालकले ठूलो आवाज सुनेको र भित्ताहरू उडेर गएको बताएका छन्। ती चालकका अनुसार भित्ताका टुक्राहरूले नजिकै रहेको एउटा कारलाई ठक्कर दिएका थिए।





