राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजेदेखि बस्ने समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा हुने समितिले जानकारी दिएको छ ।