
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका –०५, दक्षिण रहटकोल स्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बुधबार राति करिब ११: २० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले हालसम्म नाम, थर र ठेगाना नखुलेका अंन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । दुर्घटनामा उनको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । प्रारम्भिक उपचार संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा गरिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो । बिहीबार बिहान २: ७ बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।


दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले चालक जिल्ला कपिलवस्तु शिवराज नगरपालिका –०५ बस्ने ३७ वर्षीय सूरज चौधरीलाई नियन्त्रणमा लिईएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेकोले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





