विराटनगर पुगे गृहमन्त्री सुदन गुरुङ

विराटनगर । गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् ।

गृहमन्त्री गुरुङ सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्ने छन् भने घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।