
काठमाडौं, १५ साउन । नेपालको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै उद्धार कार्यमा पाकिस्तान सरकारसँग समन्वय गर्न इस्लामावादस्थित नेपाली दूतावासलाई निर्देशन दिएको जनाएको छ।
केही शवहरू फेला परेका खबरहरू आए पनि विभागले कुनै पनि व्यक्तिको मृत्युको पुष्टि गरेको छैन र उक्त अभियानमा संलग्न ६ जना नेपालीलाई ‘बेपत्ता’ को रूपमा उल्लेख गरेको छ।

पाकिस्तानका विभिन्न हिमालहरूमा कार्यरत नेपाली कम्पनीहरू घटनास्थलमा पुगेर स्थानीय अधिकारीहरूसँग मिलेर काम गर्ने तयारी गरिरहेको पनि विभागले जनाएको छ।


बीबीसीका अनुसार विभागका प्रवक्ता हिमाल गौतमले दिएकाे जानकारी अनुसार बेपत्ताकाे खाेजी कार्य जारी रहेकाे छ । उनले भने, ‘त्यहाँ नेपाली शेर्पा र पर्वतारोहण कम्पनीहरूको उल्लेख्य उपस्थिति छ र उनीहरूले आपसमा समन्वय गरिरहेका छन्।
‘यो एक अभूतपूर्व घटना हो,’ गौतमले भने, ‘यद्यपि, परस्पर बाझिने खालका सूचनाहरूका बाबजुद अझै पनि केही झिनो आशा बाँकी नै छ।’

सो आरोहण दलमा १० जना आरोहीहरू मध्ये ६ जना नेपाली रहेका थिए । जसअनुसार अभियान टोलीमा निर्मल पुर्जा अर्थात निमस दाई (नेपाल), पूरबहादुर गुरुङ ‘युक्त’ (नेपाल), किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्दु शेर्पा (नेपाल), ग्यालु शेर्पा (नेपाल) रहेका छन् ।




