ट्रम्प आशक्तिले फिफा अध्यक्षको अन्तिम कार्यकाल भयो बिबादस्पद र लज्जास्पद

काठमाडौं, १६ साउन । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो फिफा विश्वकप २०२६ देखी नै आलोचना र बिबादको घेरामा परिरहेका थिए ।

मुख्यतयाः इरानी खेलाडीलाई अमेरिकामा प्रवेश गराउने सबालमा भुमिका खेल्न नसकेको, अमेरिका भिषा नीतिसँग लडन नसकेका कारण सोमालियाका रेफ्री अमेरिकन अध्यागमन कार्यालयवाट फिर्ता हुन बाध्य पारिएको, फिफा विश्वकपको टिकट महंगो बनाएको जस्ता बिषयले अध्यक्ष इन्फान्टिनोको चर्को आलोचना भइरहेको थियो ।

त्यस माथी अमेरिकी पुरुष राष्ट्रिय टोलीका प्रमुख गोलकर्ता फोलारिन बालोगुनले रेड कार्ड पाएर खेलवाट बाहिरन बाध्य भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब पछि इन्फान्टिनोले बेल्जियमविरुद्ध खेल अगाडी सो रेड कार्ड फिर्ता लिन लगाएका थिए । बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलको दोस्रो हाफमा पास लिने क्रममा बोस्नियाली डिफेन्डरसँग ठोक्किँदा रेफ्रीहरूले बालोगुनको कार्यलाई गम्भीर फाउल भन्दै रेड कार्ड दिइएको थियो ।

तर, फिफाले बालोगुनको ‘रेड कार्ड’ निलम्बनमा ट्रम्प प्रतिको इन्फान्टिनाको आशक्तिले काम गरेको भन्दै ब्यापक आलोचन भएको थियो, जसको उनले पटक पटक प्रस्टिकरण दिन बाध्य बनाएको थियो । सो घटनामा बेल्जियम र नर्वेलगायतका देशले फिफाको सो निर्णय बिरूद्द असहमति जाहेर पनि गरेका थिए । सोही बिबादका बिच फिफा विश्वकप सकियो ।

 

तर, फिफा विश्वकप २०२६ सम्पन्न भए पछि पनि ट्रम्पसँगको इन्फान्टिनाको आशक्ति कायमै रहेको देखियो । इन्फान्टिनोले ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले फिफाको २० प्रतिशत सेयर दिने प्रस्ताव अघि सारिदिए । कुशनरको लगानीमा रहेको न्योर्कस्थित ‘भेन्चर क्यापिटल’लाई २० प्रतिशत सेयर दिएर फिफामा भित्रयाउने प्रयासमा इन्फान्टिनो लागेको सार्बजनिक भयो ।

पुरुष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा आउने ट्रम्पको ज्वाँइको नीजी लगानीमा समर्थन जनाउने आफ्नो प्रस्तावलाई समर्थन गरेमा सबै २११ सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकन डलर दिने प्रस्ताव अगाडी ल्याए । उनका अनुसार सो योजना सफल भएमा फिफाले विश्वकप र अन्य प्रतियोगिताहरू सञ्चालन गर्न २० अर्ब अमेरिकन डलर थप जम्मा गर्नेछ र फिफा थप आर्थिक रूपमा बलियो हुनेछ भन्ने तर्क पनि अघि सारेका थिए ।

तर, उनको यो प्रस्तावको बिपक्षमा सुरूमा नै युरोपेली फुटवल महासंघका ५५ राष्ट्रले बिपक्षमा उभिदैँ इन्फान्टिनाको फिफामा नीजि लगाउने भित्रयाउने योजनाको बिपक्षमा उभिने मतदान मात्रै गरेनन, फिफा नै बहिस्कार गर्ने चेतावनी दिए । त्यसपछि त्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रमा फुटबलको नियमन गर्ने तथा यसै गर्मीमा विश्वकप आयोजना गरेको संस्था ‘कोन्काकाफ’ र एसियाली फुटबल महासंघ (एएफसी) पनि इन्फान्टिनाको योजनामा साथ नदिने भन्दै बिरोधमा खडा भए ।

images

जसका कारण मार्चमा हुने फिफा कंग्रेसमा अध्यक्षका रूपमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने प्रयास गरिरहेका ५६ वर्षीय इन्फान्टिनो अहिले ठूलो दबाबमा परेर आफ्नो योजनावाट पछि हटेका छन् । ट्रम्प र उनको परिवारको आशक्तिले अन्ततः पाँचौं कार्यकालमा पनि अध्यक्ष हुने उनको योजना सम्भवतः यसै घटनाले ब्रेक लगाएको यतिखेर टिप्पणी भइरहेको छ ।

यस्तो छ, पछिल्लो बिबादको टाइमलाइनः

images

सोमबार, २७ जुलाई

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो व्यक्तिगत इन्स्टाग्राम खातामा १५ स्लाइडको पोस्टमार्फत आफ्ना आलोचकहरूलाई आफ्नो नेतृत्वबारे घृणा र गलत अफवाह फैलाउनुको सट्टा ध्यान गर्न, प्रार्थना गर्न वा फुटबल खेल हेर्न आग्रह गरेका छन्।

images

मंगलबार, २८ जुलाई

द टाइम्स र फाइनान्सियल टाइम्सले विश्वकप लगायतका आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने इन्फान्टिनोको योजनाबारे पहिलो पटक समाचार प्रकाशित गरेका थिए ।

लगत्तै, युरोपेली फुटबल संघ युइएफएले आफ्नो पहिलो विज्ञप्ति जारी गर्दै फुटबल ‘फिफाले बेच्ने वस्तु होइन’ भन्दै फिफाले ‘सीमा नाघेको’ आरोप लगायो र उसको ५५ सदस्य राष्ट्रले फिफा प्रमुखको योजनामा अहसहमति जनाउँदै फिफा बहिस्कार गर्ने औपचारिक निर्णय लिए ।

तर, फिफाले नीजि लगानीकर्ता भित्रयाउने योजनाहरूको बारेमा जारी गर्दै विज्ञप्ति नै जारी गरेर समर्थन जनाउन अपिल गरेको थियो ।

Nepal life insurance

बुधबार, २९ जुलाई

त्यसपछि अध्यक्ष इन्फान्टिनोले फिफाका सबै २११ सदस्य संघहरूलाई पत्र लेख्दै यदि उनीहरूले आफ्ना योजनाहरूलाई समर्थन गरेमा ४ करोड डलरप्राप्त गर्ने जानकारी दिए, साथै, यदि उनीहरूले सुरुवाती २ करोड डलर प्राप्त गर्न चाहेमा १९ सेप्टेम्बर भित्र समर्थन गरिसक्नु पर्ने पनि जानकारी सबै सदस्य राष्ट्रलाइ जानकारी दिए ।

तर, युइएफएले यस पत्र पछि पुनः प्रस्ट रूपमा भनिदियो, ‘फिफाले आफू र आफ्ना साथीहरूलाई धनी बनाउन हाम्रो खेलको प्रयोग गरिरहन सक्दैन।’

बिहीबार, ३० जुलाई

इन्फान्टिनोको योजना अघि बढेमा विश्वकप बहिष्कार गर्ने पक्षमा युरोपेली फुटबलको सबैभन्दा ठुलो संस्था युइएफएका ५५ सदस्य संघहरूले मतदान गरेर उनको योजनाको बिरूद्दमा प्रस्ट उभिदिए ।

र, कोन्काकाफले पनि आफ्ना ४१ सदस्य संघहरूले पनि उक्त प्रस्तावलाई अस्वीकार गरेको जानकारी दियो ।

शुक्रबार, ३१ जुलाई

अध्यक्ष इन्फान्टिनोले त्यसपछि पनि ‘कसैले पनि फुटबल बेचिरहेको छैन’ भन्दै पुर्ववत योजना अघि बढाउने कुरामा अडिग नै रहेको जनायो ।

तर, सोही दिन एसियन फुटबल कन्फेडेरेसनले युइएफए र कोन्काकाफको असहमतिमा आफ्नो पनि सहमति रहेको भन्दै ऐक्यबद्दता जनाएको जानकारी दियो ।

लगत्तै, सो प्रयास प्रति असहमति जनाउँदै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले ‘फुटबलका लागि खराब सम्झौता’ र ‘फुटबलको भविष्य नै धितोमा राख्ने’ कदम भन्दै आफ्नो पदवाट राजीनामा दिएका छन्।

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री एन्डी बर्नहमले इन्फान्टिनो फिफाको नेतृत्व गर्न ‘अनुपयुक्त व्यक्ति’ भएको सार्बजनिक प्रतिक्रियाले थप तरंगित बनाउने काम गरयो ।

फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले पनि इन्फान्टिनोले ल्याएको फिफामा नीजी लगानी भित्रयाउने यस परियोजनाबारे संस्थाको आफ्नै प्रशासनलाई धोका दिइएको भन्दै असहमति जनाएको सार्बजनिक गरिदिए ।

शनिबार, १ अगस्ट

अन्ततः चौतर्फी बिरोध र असहयोग पछि फिफा अध्यक्ष  इन्फान्टिनोले शनिबार बिहान करिब ३ः०० बजे एक विज्ञप्ति जारी गर्दै उक्त योजना अघि नबढाइने घोषणा गर्न बाध्य भए ।