
काठमाडौं, १७ साउन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो बहुमूल्य प्रतियोगिता विश्वकप र अन्य कार्यक्रमहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने प्रस्ताव फिर्ता लिए पछि अब भावी नेतृत्वका बारेमा बहस सुरू भएको छ । अब मार्चमा हुने नयाँ नेतृत्वका लागि इन्फान्टिनो पुनः नेतृत्वमा आउने लगभग अनिश्चित भए पछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाको भावी नेतृत्वलाई लिएर नयाँ बहस सुरू भएको छ ।
खासमा फिफा प्रमुख इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गरेमा सबै २११ सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकन डलर दिने प्रस्ताव अघि सार्दै फिफाको २० प्रतिशत सेयर नीजि लगानीकर्तालाई दिने प्रस्ताव अघि सारेका थिए ।


फिफा अध्यक्ष इन्फान्टिनोको योजना अनुसार ‘एफएफई’ ले विश्वकप र अन्य प्रतियोगिताहरू सञ्चालन गर्न २० अर्ब डलरको सहायक कम्पनी खडा गर्नेछ र यसमा बाह्य लगानीकर्तालाई २० प्रतिशतसम्मको हिस्सेदारी दिइने छ। यसका लागि आवश्यक लगानी ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले उपलब्ध गराउने तयारी भएको थियो, जो औपचारिक सम्झौता मात्रै हुन बाँकी रहेको थियो तर सो निर्णयवाट शनिवार पछि हटेका छन ।
उसो भए अब फिफाको नेतृत्व कस्ले लिन्छ त, यसवारे बहस सुरू भएको छ।

१. पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीः

यदि इन्फान्टिनोलाई चुनौती दिने कुनै परिस्थिति आयो भने सूचीको शीर्ष स्थानमा तीव्र गतिमा अघि आएको नाम पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासेर अल खेलाइफीको हो। ५२ वर्षीय उनी कतारी व्यवसायी तथा पूर्व व्यावसायिक टेनिस खेलाडी हुन्।
सन् २०११ मा पीएसजीको अध्यक्ष बनेका अल खेलाइफीले विश्वव्यापी प्रसारण संस्था ‘बि इन मिडिया ग्रुप’ र प्रभावशाली लबी समूह ‘युरोपियन फुटबल क्लब्स’को अध्यक्षता पनि सम्हाल्दै आएका छन्। दोहामा जन्मिएका यी खेल प्रशासक युइएफएको कार्यकारी समिति र फिफा काउन्सिलका सदस्य पनि हुन्।

अल खेलाइफीको नेतृत्वमा पिएसजीले सन् २०२५ मा आफ्नो पहिलो युइएफए च्याम्पियन्स लिग उपाधि जितेको थियो र सन् २०२६ मा सो उपाधि सफलतापूर्वक रक्षा गरेको थियो।
२. कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानी
फिफाको उपाध्यक्षसमेत रहेका आफ्नो पदका कारण भिक्टर मोन्टाग्लियानी संस्थाको सर्वोच्च पद सम्हाल्ने दौडमा स्पष्ट रूपमा अग्रस्थानमा छन्।
क्यानाडाली नागरिक मोन्टाग्लियानी ‘उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल महासंघ’ का अध्यक्ष पनि हुन्, जुन जिम्मेवारी उनले सन् २०१६ देखि सम्हाल्दै आएका छन् र उनले फिफा विश्वकप २०२६ को आयोजनामा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

आफ्नो वर्तमान जिम्मेवारी सम्हाल्नु अघि ६० वर्षीय मोन्टाग्लियानीले ‘क्यानाडा फुटबल संघ’ को अध्यक्षका रूपमा काम गरेका थिए, जहाँ उनले सन् २०२६ को विश्वकप आयोजना गर्ने प्रस्ताव अघि सारेका थिए। सोही कदमले अन्ततः संयुक्त राज्य अमेरिका र मेक्सिकोसँग मिलेर संयुक्त दाबी पेश गर्ने प्रक्रियाको सुरुवात गरेको थियो।
बिहीबार बसेको बैठकमा कोनाक्याफका का ४१ सदस्य संघहरूले फिफाको ुँँभ्ु प्रस्तावलाई अस्वीकार गरे, तर उनीहरूले बहिष्कार गर्ने ‘एफएफइ’ को कदमलाई भने समर्थन गरेका थिएनन्। यद्यपि, फिफाका प्रस्तावहरूकै कारण मोन्टाग्लियानीले इन्फान्टिनोलाई चुनौती दिने तयारी गरिरहेको चर्चा पनि चलेको थियो।

३. एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफा
एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफा फिफा का वरिष्ठ उपाध्यक्ष पनि हुन्। इन्फान्टिनोको ‘एफएफई’ योजनाहरूको खुलेर आलोचना गर्दा उनी खेलको उच्च तहमा मुखर भएर बोल्ने व्यक्तिहरूमध्ये एक बनेका थिए।
बिहीबार आफ्नो क्षेत्रीय निकायका ४७ सदस्य संघहरूलाई लेखिएको खुला पत्रमा बहराइनका यीनलेले इन्फान्टिकोको उक्त प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भनी टिप्पणी गरे।
एएफसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युइएफए र कोन्काकाफसँग ऐक्यबद्धता जनाएको त थियो तर युइएफएले जस्तो फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने योजना भने घोषणा गरेको थिएन । सन् २०१६ को फिफा निर्वाचनमा शेख सलमान तत्कालीन नवनियुक्त इन्फान्टिनोसँग पराजित भएका थिए।
बहराइनको शाही परिवार ‘हाउस अफ खलिफा’ का सदस्य रहेका ६० वर्षीय शेख सलमानले सन् २०१३ देखि एएफसीको अध्यक्षता सम्हाल्दै आएका छन्, यसअघि उनले बहराइन फुटबल संघमा पनि सोही भूमिका निर्वाह गरेका थिए।
मार्चमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न फिफाले तोकेको नोभेम्बर १८ को समयसीमालाई शेख सलमानले पक्कै पनि १० वर्षअघि आफूले गुमाएको पद पुनः प्राप्त गर्ने एउटा गम्भीर अवसरका रूपमा लिएका हुनुपर्छ।
४. यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिन
फिफाका महासंघहरूमध्ये सबैभन्दा ठूलो, धनी र शक्तिशाली निकायको प्रमुखका रूपमा यदि यूईएफए अध्यक्ष अलेक्जेन्डर सेफेरिनले इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिए भने फिफाका २११ सदस्य राष्ट्रहरूमा उनको बलियो प्रभाव रहनेछ।
५८ वर्षीय सेफेरिनको महासंघ फिफाको प्रस्तावित योजनाको सबैभन्दा ठूलो विरोधी थियो । बिहीबार यूईएफएका ५५ राष्ट्रहरूले विश्व फुटबलको सर्वोच्च निकायद्वारा आयोजित कार्यक्रमहरू बहिष्कार गर्ने निर्णयमा सर्वसम्मत मतदान गराउन सफल भएका थिए ।
स्लोभेनियामा जन्मेका वकिल सेफेरिनले सन् २०१६ देखि यूईएफएमा आफ्नो पद सम्हाल्दै आएका छन् । उनी आफ्नै देशको फुटबल संघबाट यहाँ आइपुगेका हुन् र निर्वाचित भएसँगै उनी स्वतः फिफाको उपाध्यक्ष बनेका थिए।
फिफालाई बहिष्कार गर्ने मतदान पछि यूईएफएले जारी गरेको विज्ञप्तिमा फिफाको योजनाको कडा आलोचना गर्दै भनिएको थियो, उनले ठुलो स्वरमा भनेका थिए, ‘यसको कुनै पनि अंश निजी लगानीकर्तालाई सुम्पिनु हुँदैन, विश्वकप बिक्रीका लागि होइन, यदी त्यसो बिक्री गरिएमा यूईएफएले फिफा विश्वकपको सबै कार्यक्रम बहिस्कार गर्नेछ ।’
५. क्याफका अध्यक्ष प्याट्रिस मोटसेपे
फिफा अध्यक्ष पदका लागि सम्भावित दावेदारका रूपमा हेरिएका अर्का व्यक्ति ‘कन्फेडेरेसन अफ अफ्रिकन फुटबल’का प्रमुख प्याट्रिस मोटसेपे पनि रहेका छन् ।
करिब ३.७ अर्ब डलरको कुल सम्पत्ति भएका दक्षिण अफ्रिकी अर्बपति व्यवसायी मोटसेपेले सन् २०२१ देखि मात्र यो पद सम्हाल्दै आएका छन्। ६४ वर्षीय मोटसेपेले यस अवधिमा अफ्रिकी फुटबलको स्वरूप परिवर्तन गरेका छन् र अफ्रिकाको प्रतिष्ठित प्रतियोगिता ‘अफ्रिका कप अफ नेसन्स’ लाई दुई दुई वर्षमा हुने प्रतियोगिताबाट परिवर्तन गरी सन् २०२८ को संस्करणपछि ४ वर्षको चक्रमा सञ्चालन गर्ने निर्णय गरेका थिए।
तर, मोरोक्कोले आयोजना गरेको सन् २०२५ को प्रतियोगिता क्याफका लागि निकै लज्जास्पद घटनामा परिणत भयो, मोरोक्कोलाई दिइएको पेनाल्टीमा असहमति जनाउँदै सेनेगलको टोलीले ‘इन्जुरी टाइम’ मा मैदान छोडेको थियो। १४ मिनेटको अवरोध पछि खेल पुनः सुरु भयो, पेनाल्टी गोलमा परिणत हुन सकेन र सेनेगलले अतिरिक्त समयमा १–० को जित हासिल गर्यो।
यद्यपि यसको सम्पूर्ण दोष मोटसेपेमाथि मात्र नथुपारिए पनि उक्त फाइनल खेल क्याफका लागि ठूलो लज्जाको विषय बन्यो र अहिले सम्पूर्ण महादेश क्याफ फिफाको निर्णयको प्रतीक्षामा छ।
(अलजजिराकाे सहयाेगमा)




