प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।
उनलाई शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा भक्तपुर प्रहरीले निवासबाटै पक्राउ गरेको हो।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए।