
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल क्षेत्रमा माथिबाट लेदो झर्दा अवरुद्ध भएको सडकमा पहिरो हटाउने काम सम्पन्न भएपछि यातायात सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन डिभिजनले तयारी अवस्थामा राखेको उपकरण तत्काल परिचालन गरिएको थियो । पहिरो हटाएसँगै सडकमा सवारी आवागमन पुनः सञ्चालन गरिएको जनाएको छ ।


सडक डिभिजनले क्षेत्रमा अझै वर्षा भइरहेको र थप पहिरो खस्ने जोखिम कायम रहेकाले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।





