उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आयोजित एक शान्ति ¥याली नजिकै भएको आत्मघाती विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।

सार्वजनिक विवरणअनुसार उक्त घटनामा अन्य २६ जना घाइते भएका छन् ।

मृतकहरूमध्ये अधिकांश ¥यालीको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू रहेको प्रहरी स्रोतले जनाएको छ ।

¥याली लक्षित गरी गरिएको उक्त भीषण विष्फोटका घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।