
काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । कोशी प्रदेश सरकारमा रहेका काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिएका हुन् ।
कांग्रेसबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।


केन्द्रमा भएको एमाले र नेकपाबीचको सहमति अनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमाले कै भागमा परेको र कार्कीले नै निरन्तरता पाउने भएपछि काँग्रेस सरकारबाट बाहिरिएको हो ।

कांग्रेस सरकारबाट बाहिरिएपछि प्रदेशमा नयाँ सरकार गठन हुने र नेकपासहितको सरकार बन्ने भएको छ ।




