देउवा समुहको भेला आज पनि जारी रहने

काठमाडौं, ३० साउन। नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज पनि जारी रहने भएको छ ।

हिजो देखी मिराकल पार्टी प्यालेस, सुकेधारमा सुरू भएको भेला आज पनि जारी रहने भएको हो । सो कार्यक्रममा बिहान ११ः०० बजे देखी सुरू हुनेछ ।

प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार सो भेला भोलीसम्म सञ्चालन हुनेछ । सो भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन ।

सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिए पछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ भने पाँच महिना बिदेशमा रहेका देउवा बिहिवार सोही भेलाका लागि स्वदेश फर्किएका छन्।

सो भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छ भने सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने जनाइएको छ ।
सो भेला तीन अर्थात साउन ३१ सम्म चल्नेछ ।