छत्रदेवको नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु, नागरिकमैत्री सेवा प्रवाहमा जोड (तस्बिर सहित)

– केशव पन्थी , अर्घाखाँची डटकम

अर्घाखाँची, १ भदौ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले सोमबार एक समारोहबीच नवनिर्मित भवनको विधिवत् उद्घाटन गर्दै नयाँ भवनबाट नियमित प्रशासनिक सेवा प्रवाहको शुभारम्भ गरेका हुन्।

May be an image of one or more people

आधुनिक तथा व्यवस्थित प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका विभिन्न शाखा तथा प्रशासनिक सेवाहरू एउटै संरचनाबाट सञ्चालन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ। नयाँ भवनबाट नागरिकलाई सहज, छिटो, सरल, पारदर्शी तथा गुणस्तरीय सेवा उपलब्ध गराउने गाउँपालिकाको लक्ष्य छ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा नं. १ देखि ८ सम्मका वडा अध्यक्ष, गाउँसभा तथा कार्यपालिका सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, कर्मचारी, पत्रकार, समाजसेवी तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो।

May be an image of ‎temple and ‎text that says "‎"छतदेवको सुन्दर, शान्त, समृद्ध गाउँपालिका शान: हाम्रो अभियान" छत्रदेव गाउँपालिका ਗाਤ कारयपालिकाको कार्रालयको प्रशासकीय भवनको समुद्घाटन समारोह आयोजक: मिति: อุดส भाद भिति:वठकमद०गते,सोमवार 0 गते, सोमबार छत्रदेव गाउँपालिका समयः बिवह्ान လ:00 बजे गाउँ कार्यपालिकाको कार्यालय رم छनगजज, अर्घांबांची‎"‎‎

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नयाँ प्रशासकीय भवन गाउँपालिकाको संस्थागत विकाससँगै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने महत्वपूर्ण पूर्वाधार भएको बताए।

May be an image of temple and text that says "SEET S छ्रदेवको शनে: सुन्दर, छत्रदेव शान्त समूর गावैपालिका गाउँ कार्यपालिकाको गाउँपालिका सुजया जिवात जव निमित प्रशासकीय भवन कार्यालयको समुदघाटन छत्रदेव गाउँपालिकाका अध्यक्ष गी चन्द्मान श्रेष्ठज्यूको बाहुलीबाट स-सम्पन्न भयो स-सम्पन्नभयो I साल भदौ गते そ揚セース रोज मा मा शुभम ति सम्वत ನಂಚತಿ जय छत्रदेव"

उनले भवन निर्माण हुनु मात्रै उपलब्धि नभई त्यस भवनबाट नागरिकले छिटो, सरल, पारदर्शी र गुणस्तरीय सेवा पाउनु मुख्य उपलब्धि हुने उल्लेख गर्दै सेवाग्राहीलाई सहज वातावरणमा सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए।

images

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले प्रशासनिक कामलाई थप व्यवस्थित र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।

May be an image of one or more people

images

गाउँपालिका उपाध्यक्ष मनि पन्थीले नयाँ भवनले प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयलाई अझ बलियो बनाएर नागरिकका समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै कार्यालयका प्रशासनिक गतिविधिलाई थप व्यवस्थित, चुस्त र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सेवाग्राहीलाई अनावश्यक झन्झट नदिई कानुनअनुसार छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारीहरू जिम्मेवार भएर काम गर्नुपर्ने बताए।

images

May be an image of one or more people, violin and dais

नयाँ भवन सञ्चालनमा आएसँगै यसअघि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा देखिएका कठिनाइहरू न्यूनीकरण हुने तथा सेवाग्राहीलाई विभिन्न शाखा तथा सेवाका लागि अलग–अलग स्थानमा धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।

May be an image of one or more people, hospital and text

कार्यक्रममा सहभागी वडा अध्यक्ष, गाउँसभा तथा कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, जग्गादाता तथा स्थानीय सरोकारवालाले नवनिर्मित भवनबाट सेवा सञ्चालन हुनु गाउँपालिकाको संस्थागत विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका थिए।

Nepal life insurance

No photo description available.

छत्रदेव गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटनलगायतका क्षेत्रमा काम गर्दै आएको अवस्थामा नयाँ प्रशासकीय भवन सञ्चालनमा आउनुलाई स्थानीय तहको संस्थागत विकासको महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

गाउँपालिकाले आगामी दिनमा नयाँ भवनलाई केवल प्रशासनिक कार्यालयका रूपमा मात्र नभई प्रविधिमैत्री, पारदर्शी, व्यवस्थित तथा नागरिककेन्द्रित सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने जनाएको छ।

May be an image of ‎temple and ‎text that says "‎"छतदेवको सुन्दर, शान्त, समृद्ध गाउँपालिका शान: हाम्रो अभियान" छत्रदेव गाउँपालिका ਗाਤ कारयपालिकाको कार्रालयको प्रशासकीय भवनको समुद्घाटन समारोह आयोजक: मिति: อุดส भाद भिति:वठकमद०गते,सोमवार 0 गते, सोमबार छत्रदेव गाउँपालिका समयः बिवह्ान လ:00 बजे गाउँ कार्यपालिकाको कार्यालय رم छनगजज, अर्घांबांची‎"‎‎

May be an image of temple, monument and text that says ""चवर्देवको शान: सुन्दर, शान्त, समृद्ध गाउपालिका हाम्रो अभियान" छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको नव निर्मित प्रशासकीर भवन निर्माणार्थ यस छटत्रदेव गाउंपालिका, वडा नं.-श निवासी ओी शम्भु पोसेल, शरी गोविन्द पोखेल र श्री विनिराम पोसेल ज्यूहरुद्वारा नि: :शुल्क जगगा उपलब्ध गराउनु भएकोमा छतरदेव गाउँपालिका, अर्घाखांची हारदिक आभार व्यक्त गर्दश। इति इतिसम्चबत्: सम्बत्: २०८३ साल 念メ 03月會0日 मदी जय छत्रदेव शुभम्"