
काठमाडौं, २ भदौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भारतीय सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग शिष्टचार भेटबार्ता गर्न लागेका हुन ।


नेपाली सेनाका मानार्थ महाराथीको दर्ज्यानी ग्रहण गर्न आएका भारतीय सेना अध्यक्ष सेठले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग ग्रहण गरेको भोलीपल्ट प्रधानमन्त्री शाहसँग शिष्टचार भेटघाट गर्न लागेका हुन् ।

भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । उनी भोली भारत फर्कने छन् ।




