छत्रदेवमा कृषि कार्यक्रमको सार्वजनिक सुनुवाइ, उत्पादन वृद्धि र किसानमुखी योजनामा जोड

-केशव पन्थी/अर्घाखाँची डटकम

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कृषि क्षेत्रसँग सम्बन्धित वार्षिक कार्यक्रम तथा प्रगतिको सार्वजनिक सुनुवाइ गोष्ठी आयोजना गरिएको छ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सन्धिखर्क, अर्घाखाँचीको आयोजनामा गोष्ठी सम्पन्न भएको हो।

May be an image of text that says "र रशातत Cl Mc बाषिक कारयक्रम तथा तशाबदार र प्रगतिको सार्वजनिक सुनबाई गोष्ठी (आ.व.२०८३- 068) मिती: २०३/०४/०गते गते ನಂಸ್ತಿ/ಂತಿ स्थान छत्रदेव गाईपालिकाको सभाहल, अ्घाखांची आयोजक: नेपाल सरकार कृषि. वन तथा पर्यावरण मन्त्रालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यत्रम कार्यत्रम कार्यान्वयन एकाइ सन्धिखर्क, अर्घाखांची"

आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने वार्षिक कार्यक्रम तथा गत आर्थिक वर्ष २०८२/०८३ मा छत्रदेव गाउँपालिकामा सञ्चालन भएका कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रम तथा हासिल भएको प्रगतिको समीक्षा, सार्वजनिक सुनुवाइ र सरोकारवालाबीच छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख विष्णुबहादुर मगरातीले जानकारी दिनुभयो।

May be an image of ‎studying and ‎text that says "‎661310 पकेटको प्रगनि विवरण वडा अध्यक्ष क.स पकेटको सलथा पातिका बादी/पस्तु को नाम ၃၀5၃/5 को अ्वधिमा २०5२/5३ को विनिष्वोजन (रु.हबारमा। 600 ၅၃၀၀ बर्चको प्रतिरात सांन्धिखक नगरवलका भामकास्यान श्राप उपलग्धिहर कफी तरकारी (रु, हजारमा। मारी فه 9100 वाबा 190% 44ိ5 오크드3 ۹ا ၇၄၄၀၀ لطن नगरधालिका जागनी गाउपालका জুস্মরज गावंपासिका ソの סיגו 600 सुन्तला 00. อจ.ว ๕จ .6.30 ٢= 2 मातारानी 1ုဒ္ဖိ सां्तला आतुু 412 of जम्मा G0O 500 ၇၃၀၀ 600 9200 99 19800 00 จจ لاة Po ٦٤۹ =م S0..E2 ملاق E2‎"‎‎

छत्रदेव गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, किसानलाई प्रविधिमैत्री बनाउने, कृषि व्यवसायलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउने र सरकारी कृषि कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

May be an image of text

कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, अगुवा कृषक तथा कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाइका क्रममा कृषि क्षेत्रमा सञ्चालन भएका कार्यक्रमको अवस्था, किसानले प्राप्त गरेका सेवा तथा सुविधाको प्रभावकारिता, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षका विषयमा समेत छलफल गरिएको थियो।

May be an image of one or more people, dais and text

images

सहभागी कृषकहरूले स्थानीयस्तरमा कृषि उत्पादन बढाउन आवश्यक पर्ने मल, बीउ, सिँचाइ, प्रविधि, बजार तथा प्राविधिक सेवाको सहज पहुँचका विषयमा आफ्ना धारणा राखेका थिए।

छत्रदेव गाउँपालिका कृषि उत्पादनका दृष्टिले सम्भावना बोकेको क्षेत्र भए पनि पछिल्लो समय खेतीयोग्य जमिन बाँझिँदै जाने, युवा जनशक्ति वैदेशिक रोजगारी तथा अन्य क्षेत्रमा जाने, उत्पादन लागत बढ्ने र कृषि उपजले उचित बजार मूल्य नपाउनेलगायतका समस्या देखिँदै आएका छन्। यस्तो अवस्थामा कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउन सरकारी तथा स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

images

May be an image of studying, television and text

गोष्ठीले विगतमा सञ्चालन भएका कृषि कार्यक्रमको उपलब्धि र प्रभावकारिताको समीक्षा गर्दै आगामी आर्थिक वर्षका कार्यक्रमलाई थप किसानमुखी बनाउन महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ। किसानका वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार योजना तथा कार्यक्रम सञ्चालन गर्न सके कृषि उत्पादन वृद्धि हुनुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने बताइएको थियो।

images

May be an image of ‎studying and ‎text that says "‎अर्घरखांची जिल्लामा यस कार्यक्रम... 595774 2 वाली विशेषको जोन/सुपर जोन (संख्या): क. सं. प. का. ए. जोन/सुपरजोन वाली/वस्तु गुरुवात वर्ण 9 जोन जोन अर्धास तरकारी याशा बृदਿ % परियोजना शारुवात हदाका सत्रफल 000 हेबटर 24O0o (सांस्ह्या जोन कैफ्ियत २০७४/७४, ನಂಾಿಟ/ಳಿತ कक जोन ቀ हालको क्षेत्रफल/स लया ㅋ구쿠ㅋ हिक्टर 30000+ संक्या x۳ (हैक्दर) sES हैबटर ২০৩৩/७6 सुन्तला 30 हेवटर 10 2009/고 3DE सम्टार ፃፃሂ אוי ၇၀‎"‎‎

कार्यक्रममार्फत कृषि क्षेत्रमा सञ्चालन भएका कार्यक्रमको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे सरोकारवालालाई जानकारी गराउनुका साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे प्रत्यक्ष रूपमा सुझाव तथा प्रतिक्रिया संकलन गरिएको थियो।

May be an image of dais and text that says "661310 2 लाभग्राही सारंस लाभग्राही संख्या यतह य तह पर्क नगरपालिका पालिका नका बकास्थ १२५ रा ५६ प्रतिशत 39.56 17.72 6.01 १९ हा २१ का XY नका 69 C....... 39 ?"

स्थानीय किसान, जनप्रतिनिधि तथा कृषि क्षेत्रका सरोकारवालाबीच प्रत्यक्ष छलफल र सार्वजनिक सुनुवाइले सरकारी कार्यक्रमको पारदर्शिता र जवाफदेहिता बढाउनसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ। आगामी दिनमा किसानको माग र आवश्यकता सम्बोधन गर्दै उत्पादनमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो।

Nepal life insurance

May be an image of text that says "हो होप: 661310 कार्यक्रमको प्रभाव मुल्यांकन (एक घर एक मिनिटितिर स्लोगान जस्तै ㄸ? मेसिन अर्यात कम्वाइन मित? वाखाको खोर (सानो होस या ठूনो)? सरचनाहक जस्तै पोखरी कुतो आदि? पसुपंछी उद्यमशितता विकास कार्यक्रम Bitter But Truth चुनांती: चिस्यान घर (चाहे ठुतो होस या सानो)? अनुदान सवैले पाए, कसैले पाएनन् अर्थात अनुदान कसैले पाएनन, सवैले पाए| मेत खादैन: कफि प्रशोधनका उपकरणहर (जस्तै हतर रोश्टर र गइन्डर)? इन्্য तर उपयोगमा प्यान पैन: कृमি उपज संकतन केन्द्र? विना वॉकी ডः स सना हाट वजारका संरचनाहरू (वजार लक्षित)? नः जिल्ला भित्रका কृषি उपजहरको न्युनतम समर्थन मुल्य?"

छत्रदेवमा कृषि क्षेत्रको सम्भावनालाई उपयोग गर्दै स्थानीय उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक खेतीको विस्तार र किसानको आयआर्जन बढाउने दिशामा सरकारी तथा स्थानीय तहका कार्यक्रमलाई समन्वयात्मक रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको सहभागीहरूको भनाइ थियो।

May be an image of one or more people, dais and text

सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझाव तथा प्रतिक्रियालाई आगामी कार्यक्रम निर्माण तथा कार्यान्वयनमा उपयोग गर्दै कृषि क्षेत्रलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य आयोजकले राखेको छ।

May be an image of dais and text

May be an image of studying and text

May be an image of dais and text

May be an image of studying, television and text