दुई सातामा १ लाख नकमाएकाे चिनियाँ झुर फिल्मले जब तेस्राे सातामा कमायाे ३१ कराेड

बेइजिङ, ४ भदौं । व्यावसायिक रूपमा सफल चलचित्र बनाउन के चाहिन्छ ? शीर्ष श्रेणीका कलाकारहरू, ठूलो बजेटको प्रचारप्रसार, अत्याधुनिक प्रविधि तर सिन युमेङ र सन लिफाङका लागि यसको जवाफ थियो– पाँच वर्षको समय, आमा छोराको सम्बन्ध र अनलाइनमा हुने व्यापक ट्रोलिङ।

सिन युमेङ र सन लिफाङ ‘न्यु लाइ’ नामक चलचित्रका लेखक, निर्देशक, भ्वाइस आर्टिस्ट र निर्माता हुन्। कमजोर एनिमेसन भए पनि यो चलचित्रले चिनियाँ सिनेमा घरहरूमा तहल्का मच्चाउन सफल भएको छ।

एउटा ‘स्काइलार्क’ नामक चराले सपनामा एउटा बाच्छो हुर्किएर शक्तिशाली योद्धा बनेको दृश्य देखेको कथामा आधारित यो चलचित्र कुनै पनि अर्थमा राम्रो छैन। वास्तवमा, यसको वितरकलाई यो चलचित्र प्रदर्शन नगर्न भनिएको थियो किनभने यो निकै खराब थियो तर उनी सिनका साथी नै बितरक भएकाले उनले जे भए पनि यसलाई प्रदर्शन गर्ने निर्णय गरे ।

यो चलचित्र यति झुर थियो कि ब्यावसायिक बितरकले यसलाई सिधै अस्विकार गरिदिन्थे तर साथीले बनाएको फिल्म भनेर बितरकले सिनेमा हलमा हालिदिउन त भनेर हालिदिए । गत अगस्ट ५ मा प्रदर्शनमा आए पछि १० दिनसम्म यसको नतिजा नभन्दै  ठीक त्यस्तै रह्यो जस्तो सबैले पुर्ब अनुमान गरेका थिए। देशभर करिब ३०० टिकट बिक्रीबाट यसले जम्मा ७,७०० युआन अर्थात करिब १ लाख ७४ हजार ८५० नेपाली रूपैयाँ मात्रै कमायो।

त्यस पछि नसोचेको एउटा चमत्कार भयो। चिनियाँ सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई ‘मीम’ बनाएकी त्यो भन्दा बिना खर्च करोडौंको प्रचार हुन पुग्यो। र, अचानक सबैजना यसको चर्चाको कारण जान्न उत्सुक हुन पुगे । बनाइएका हजारौं मिम मध्ये सो ‘झुर’ चलचित्र बारेमा एउटा लोकप्रिय सामाजिक सञ्जाल पोस्टमा भनिएको थियो, ‘यो फिल्म हेर्दा तपाईंले ८० मिनेट पछुताउनु पर्ला तर नहेर्दा जीवनभर पछुताउनु हुनेछ।’

‘कुनै पनि प्रचार नराम्रो हुँदैन्’ भन्ने भनाइको एउटा चरम उदाहरण बन्दै यो चलचित्रले हालसम्म १ करोड ४१ लाख युआन अर्थात ३१ करोड ७२ लाख नेपाली रूपैयाँ बराबरका व्यापार गरिसकेको छ र यो गर्मीयामको सफल चलचित्रहरूमध्ये एक बनेर रेकर्ड बनाएको छ। यसको १७ अगस्तसम्म यसको कमाइ अझै तिब्र रूपमा बढिरहेको छ ।

यसको कमाइले यसलाई ‘द ओडिसी’ र ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ जस्ता हलिउडका ठूला चलचित्रहरू तथा स्थानीय रूपमा लोकप्रिय ‘वान्स अपन अ टाइम इन द मिडल इस्ट’ को हाराहारीमा उभ्याएको छ।

यो आफैंमा ठूलो कुरा हो, किनभने यो झुर फिल्म चल्दैन, जब चल्दैन् बितरकले यसको सिनेमा हलका लागि पोस्टरहरू समेत बनाइएको थिएनन् र कतिपय सिनेमाघरका कर्मचारीहरूले आफैं पोस्टर कोर्नु परेको थियो, जसमा प्रायः लेखिएका हुन्थे ‘अनौठा वा विचित्रका कुरा मन पराउनुहुन्छ भने आउनुहोस् तर समय कटाउन गारहो माने पनि हेरिसके पछि पैसा भने फिर्ता हुँदैन’ जस्ता रमाइला वाक्यांशहरू लेखिएका हुन्थे।

यसको चर्चा फैलाउने इन्टरनेट प्रयोगकर्ताहरू पनि यो चलचित्र उत्कृष्ट छैन भन्ने कुरा स्वीकार गर्छन् । चलचित्र समीक्षा साइट ‘डुबान’का एक प्रयोगकर्ताले त यसलाई ‘अकल्पनीय रूपमा खराब’ भनेका छन्। चलचित्र क्षेत्रका विज्ञहरूको पनि यस्तै धारणा थियो ।

images

द गार्जियनसँग कुरा गर्दै एकजनाले भने कि ‘न्यु लाइ’ यस अर्थमा अद्वितीय थियो कि यो कथा, विशेष प्रभाव र चलचित्रमा हुनुपर्ने प्रायः सबै पक्षहरू लगायत कल्पना गर्न सकिने हरेक हिसाबले खराब थियो, विडम्बनाको कुरा त के भने, यही कुराले दर्शकहरूको कौतूहल यस्तो जगायो कि हलमा जान बाध्य बनायो ।’

तर, एआईको वर्चस्व रहेको यस समयमा केही दर्शकहरूलाई यो चलचित्र विशुद्ध मानवीय प्रयासको उपज हो भन्ने लाग्यो। इन्टरनेट प्रयोगकर्ताहरूले ‘न्यु लाइ’ का ‘हातले बनाइएका’ दृश्यहरूको प्रशंसा गर्दै तिनलाई यसका निर्माताहरूले एआई प्रयोग नगरेको प्रमाणका रूपमा प्रस्तुत गरेका छन् ।

images

डुबान प्लेटफर्मका एक प्रयोगकर्ताले भने, ‘एआई यति धेरै लोकप्रिय भएको युगमा, के सिर्जनात्मक टोलीले आफ्नो वास्तविक स्वरूपमा फर्कनेु भाव व्यक्त गर्न हातले बनाइएको र केही हदसम्म कच्चा देखिने दृश्य शैली रोजेको हो ?’ प्रश्न अब दर्शकहरूको माझमा छाडिएको छ।