
ढाका, ४ भदौं । आज बंगालादेशमा २३ औँ राष्ट्रपतीका लागि निर्वाचन हुँदैछ ।
बीएनपीका उम्मेदवार तथा पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिर र बरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ओली अहमद भावी राष्ट्रपतिका लागि उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। आयोगका अनुसार ३४९ जना सांसदहरूको मतदाता नामावलीलाई अन्तिम रूप दिएको छ ।
निर्वाचन आयुक्त अब्दुर रहमान अल मसुदले बताएअनुसार फखरुल सांसद भएकाले मतदान गर्न सक्षम हुनेछन् भने ओली अहमद मतदाता नामावलीमा नभएकाले मतदान गर्न पाउने छैनन्।


राष्ट्रपतीय निर्वाचनका लागि निर्वाचन अधिकृतसमेत रहेका प्रमुख निर्वाचन आयुक्तएएमएम नासिर उद्दिनले बुधबार दिउँसो ३४९ जना सांसदहरू मतदानका लागि योग्य रहेको बताइसहेका छन ।

‘हाम्रो घोषित तालिका अनुसार २० तारिख दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ। कार्यवाहक राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विपक्षी दलका नेता र सबै सांसदहरू मतदाता हुन्। समग्रमा, यो निकै उच्च स्तरीय निर्वाचन हो,’ उनले भने।
मतगणनाको पारदर्शिताका विषयमा नासिर उद्दिनले मतगणनाको समयमा सांसदहरूलाई मतदान स्थलमा बस्न अनुमति दिइने बताए। ‘मतगणनाका क्रममा हाम्रा सांसदहरू मतदातासमेत भएकाले त्यहाँ उपस्थित हुन पाउनेछन्। उनीहरूले मतदान गरिसके पछि बाहिरिनुपर्ने बाध्यता हुँदैन। उनीहरू चाहेमा मतगणनाको समयमा हल भित्रै बस्न सक्छन्। यो निकै पारदर्शी प्रक्रिया हो, त्यसैले यसमा कसैको पनि कुनै आपत्ति हुनुहुँदैन,’ उनले भने।

निर्वाचन आयोगले २३औँ राष्ट्रपतीय निर्वाचनको कार्यतालिका अगस्ट ६ मा सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार उम्मेदवारहरूले अगस्ट १३ का दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन पत्र दर्ता गराएका थिए ।
प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले अगस्ट १६ को बिहान १० बजेदेखि मनोनयन पत्रहरूको जाँचबुझ गरे र निर्वाचन आयोगले बीएनपीका उम्मेदवार तथा पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरको मनोनयनलाई मान्यता दिएको थियो भने सोही दिन आयोगले जमात नेतृत्वको ११ दलीय गठबन्धनका उम्मेदवार तथा लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ओली अहमदको मनोनयनलाई पनि मान्यता प्रदान गर्यो।




