महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्च जादै

काठमाडौँ । नेपाली काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने भएको छ ।

हाल देउवा पक्षको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले अदालत जाने निर्णय गरेको हो ।

काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेको छ ।

सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएको थियो । देउवा पक्षले शुक्रबार अदालतमा रिट दर्ता गर्ने तयारी गरेको बताइएको छ ।