उद्दव थापा माथीकाे कारबाहीमा लोहनी, कमल थापा, बिक्रम पाण्डेका सामुहिक ‘नोट अफ डिसेन्ट’

काठमाडौं, ४ भदौं । मुख्यमन्त्रीमा किरण थापालाई समर्थन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्दब थापालाई अनुशाषनको कारबाही गरे पछि कमल थापालगायत शिर्ष नेताले सामुहिक रूपमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । अध्यक्ष राजेन्द्र लिङदेनको जोडबलमा केन्द्रिय अनुशाषन समितिको सिफारिसमा केन्द्रिय कार्यसम्पादन समितिले दलका नेता थापालाई निलम्बन गरे पछि थापासहितले सामुहिक रूपमा ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति प्रकट गरेका हुन् ।

‘पार्टीको विधान, नीति तथा स्थापित प्रक्रियाविपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णयप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ सामुहिक नोट अफ डिसेन्टमा भनिएको छ, ‘पार्टी अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको वर्तमान अवस्थामा आपसी एकता र सद्भाव कायम राख्नु अपरिहार्य छ। अतः पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई कारबाही गर्नुपूर्व निम्न विषयहरूमाथि गम्भीर समीक्षा हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ  ।’

त्यसैगरी, असन्तुष्ट पक्षले अध्यक्ष लिङदेन माथी बिभिन्न प्रश्न पनि उठाएका छन, ‘​भाद्र २४ गतेको आन्दोलनपश्चात् केन्द्र र प्रदेशका सांसदहरूले दिएको राजीनामाको औचित्य के हो ? ​यसअघि केन्द्र र प्रदेश सरकारमा सहभागिता, साथै प्रदेशका सभामुख तथा उपसभामुख पदमा रहिरहने विषय कति सान्दर्भिक छ ?’

बागमती प्रदेशका दलका नेता थापाले पार्टीको निर्णय विपरीत प्रदेश सरकार गठनमा समर्थन दिने काममा संलग्न भएकाले यस विषयलाई गम्भीर अनुशासन उल्लंघनको रुपमा लिदै निष्षकाषन गरेको जनाइएको थियो ।

केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यबाट निलम्बन गर्ने र प्रदेशसभालाई जानकारी पठाउने निर्णय गरिएको प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका थिए । तर, त्यस निर्णयमा शिर्ष नेताहरूले असहमति दर्ज गरेका हुन् ।

उनीहरूले राखेको नोट अफ डिसेन्टमा भनिएको छः

विधि, पद्दति र विधान विपरित पार्टीलाई कमजोर बनाउने गरी नियोजित रुपमा गरिएको यस निर्णयमा पार्टीका पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पुर्व अध्यक्ष कमल थापा, बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बागमती प्रदेश अध्यक्ष विक्रम थापा लगायत कार्यसम्पादन समितिका अर्जुन राईलगायत  सदस्यहरुले निम्न बमोजिम फरक मत राखेका छौँः

‘पार्टीको विधान, नीति तथा स्थापित प्रक्रियाविपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णयप्रति हाम्रो गम्भीर असहमति रहेको छ।
​पार्टी अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको वर्तमान अवस्थामा आपसी एकता र सद्भाव कायम राख्नु अपरिहार्य छ। अतः पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई कारबाही गर्नुपूर्व निम्न विषयहरूमाथि गम्भीर समीक्षा हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।

​वर्तमान परिस्थितिमा पार्टी विभिन्न तहका सरकारमा सहभागी हुनु कति उपयुक्त हो ?

images

​यसअघि केन्द्र र प्रदेश सरकारमा सहभागिता, साथै प्रदेशका सभामुख तथा उपसभामुख पदमा रहिरहने विषय कति सान्दर्भिक छ ?

​भाद्र २४ गतेको आन्दोलनपश्चात् केन्द्र र प्रदेशका सांसदहरूले दिएको राजीनामाको औचित्य के हो ?

images

​यी सम्पूर्ण विषयहरूमाथि वस्तुनिष्ठ समीक्षा नगरी हतारमा अघि बढाइएको कारबाही प्रक्रिया प्रति हाम्रो फरक मत (असहमति) दर्ज गर्दछौँ।