काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा गएराति करिब ८ बजे वर्षाका कारण साढे दुईतले घर भासिएको छ ।
उक्त घरमा न्यु गण्डकी अतिथिगृह सञ्चालनमा रहेको थियो । घर भासिए पनि त्यसबेला भवनमा कोही नरहेकाले मानवीय क्षति नभएको जनाइएको प्रहरीले जनाएको छ ।