नेपाल ए ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए ले अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गतको खेलमा एनटी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको हो ।

नेपाल ए का लागि पवन सराफले ४१ रन बनाएका थिए भने लोकेश बमले १६, नारायण जोशीले १५, कप्तान अनिल शाहले १४, तृतराज दासले १३ रन बनाएका थिए ।

त्यस्तै एनटी स्ट्राइकका बलर हमिश मार्टिनले सर्बाधिक ३ विकेट लिएका थिए ।