टप एन्ड सिरिज: नेपाल ए ले बंगलादेश एघारलाई दियो सय रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए’ ले बंगलादेशको हाई परफरमेन्स एघारलाई १०० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको हो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ४६ रन बनाएका थिए भने शहाब आलम र विपिन खत्रीले ११-११ रन बनाएका थिए भने रिजन ढकालले १० रन बनाएका थिए । त्यस्तै बंगलादेशका मोहमद रुबेईले सर्बाधिक ४ विकेट लिएका थिए ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा एनटी स्ट्राइक ८ विकेटको हार बेहोरेको थियो ।