मधेस प्रदेश मुख्यमन्त्री धार्मिक यात्रामा, काबा मोहम्मद समिरलाई

जनकपुरधाम , ६ भदौंं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफू धार्मिक यात्राका लागि नेपाल बाहिर गएपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री मो. समिरलाई दिएका तोकेका छन् ।

मन्त्री समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको भन्ने कुरा गरिएको पत्राचार मार्फत जनाइएको छ ।

मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम मन्त्री समिरलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको भन्ने कुरा पत्रमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री यादवले २०८३ साल भदौ ६ गतेदेखि आफू स्वदेश नफर्किएसम्म समिरले कार्यवाहक मुख्यमन्त्रीका रूपमा प्रदेश सरकारको नेतृत्व गर्नेछन् पत्रमा भनेका छन् ।

मुख्यमन्त्री यादव नेपाल बाहिर धार्मिक यात्रा भनेको भारतको वैद्यनाथधाममा भगवान शिवको दर्शन तथा पूजापाठका लागि गएका हुन् । मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्री यादव करीब एक साताका लागि वैद्यनाथधाम यात्रामा गएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यवाहक मुख्यमन्त्री मन्त्री समिरलाई तोकिएको भन्ने जानकारी प्रदेश प्रमुखको कार्यालयलाई समेत गराएको छ ।
मुख्यमन्त्री यादवको अनुपस्थितिमा प्रदेश सरकारका नियमित प्रशासनिक तथा कार्यकारी कामकारबाही मन्त्री समिरले अघि बढाउनेछ ।