प्रिमियर लिगमा ब्रेन्टफोर्ड, एभर्टन, इप्सविच र लिड्स विजयी

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनअन्तर्गत शनिबार भएका खेलमा ब्रेन्टफोर्ड, एभर्टन, इप्सविच टाउन र लिड्स युनाइटेडले जित निकालेका छन् ।

ब्रेन्टफोर्डले टोटनहमलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । जसमा ब्रेन्टफोर्डका लागि किन लुइस पोटर, भिटाली यानेल्ट र माइकल कायोडेले एक एक गोल गरेका थिए ।

त्यस्तै, एभर्टनले क्रिस्टल प्यालेसमाथि २-० को जित निकाल्यो । जसमा एभर्टनका लागि  किएरनान ड्युजबरी हल र थिएर्नो ब्यारीले एक एक गोल गरेका थिए ।

त्यसैगरी, इप्सविच टाउनले सन्डरल्यान्डलाई २-१ ले पराजित गर्दा इप्सविचका लागि एमर्सन र ज्याक क्लार्कले एक एक गोल गरे भने सन्डरल्यान्डका लागि निल्सन एन्जुलोले एक गोल गरेका थिए । त्यस्तै, लिड्स युनाइटेडले नटिङ्घम फरेस्टलाई १-० गोल अन्तरले हरायो । लिड्सका लागि एन्टोन स्टाचले खेल सकिन दुई मिनेटअघि निर्णायक गोल गरेका थिए ।