
बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा आईतवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । पीडित परिवारलाई न्याय दिन र दोषीलाई कडा कानूनी कारबाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध सरकारले कठोर कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।


प्रदर्शनकारीहरूले अपराधीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराए । उनीहरूले बलात्कारीलाई फाँसी दे, जस्टिस फर गरिमा चौधरी, न्याय देउ सरकार र हत्यारालाई कडा कानूनी कारबाही गर जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।





