
मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव, आन्तरिक मुद्रास्फीति र स्थानीय मुद्राको अधिमूल्यनका कारण टर्कीको पर्यटन क्षेत्रले यस वर्षको ग्रीष्मकालीन सिजनमा अनिश्चितताको सामना गरिरहेको छ ।
विश्लेषकहरूकाअनुसार मध्यपूर्वको संकटले पूर्वी भूमध्यसागरीय क्षेत्रको भ्रमण गर्ने पर्यटकहरूको मनोविज्ञानमा असर पारेको छ ।

यसको प्रत्यक्ष प्रभाव टर्कीका तटीय रिसोर्ट बजारहरूमा स्पष्ट रूपमा देखिएको छ ।


टर्की प्रत्यक्ष रूपमा द्वन्द्वको चपेटामा नपरे पनि र यहाँका प्रमुख विमानस्थल तथा पर्यटकीय स्थलहरू सामान्य रूपमा सञ्चालन भइरहे तापनि, सम्भावित आगन्तुकहरूमा बढेको शतर्कताका कारण ‘लास्ट मिनेट बुकिङ’ (अन्तिम समयमा गरिने बुकिङ) तर्फको झुकाव बढेको छ ।




