आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिले मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्नेकुरामा आफूहरु सचेत हुनुपर्ने बताउनुभएको छ ।

आईतवार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो क्रियाकलापका कारण मुलुकको लोकतन्त्र कमजोर हुन नदिन अत्यन्त जिम्मेवार बन्न आम नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

उहाँले आज विभिन्न संस्थाहरु डराएको उल्लेख गर्दै संस्थाहरु भत्किँदै गए लोकतन्त्र समेत संकटमा पर्ने बताउनु भयो । सभापति लामिछानेले लोकतन्त्र एकैपटक ध्वस्त हुने सानो घर नभएको समेत टिप्पणी गर्नुभयो