भारतको एक प्रसुती गृहमा आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु

मुम्बई, ८ भदौं । भारतमा एक अस्पतालमा आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु भएको छ।

महाराष्ट्रको अमरावतीस्थित जिल्ला शिशु अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा सोमबार बिहान करिब ३ः३० बजे आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार यस घटनामा तीन नवजात शिशुको मृत्यु हुदाँ थप उपचारका लागि ६ जना शिशुलाई भने सुपर स्पेसियालिटी अस्पतालमा सारिएको छ।

प्रारम्भिक जानकारी अनुसार अस्पतालको तेस्रो तल्लामा रहेको भेन्टिलेटरमा विस्फोट भएपछि आगलागी सुरु भएको थियो र त्यसपछि उक्त क्षेत्रमा धुवाँ फैलिएको थियो। सो समयमा अस्पतालमा ३९ जना नवजात शिशुहरू उपचाररत थिए।

आगो लाग्नेबित्तिकै ड्युटीमा रहेका चिकित्सक, नर्स र अस्पतालका कर्मचारीहरूले तत्कालै धेरै बालबालिकालाई सुरक्षित स्थानमा सारेका थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ