राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण

सांसदहरूले मुलुकको कुटनीतिक अवस्था, जनस्वास्थ्यमा देखिएका गम्भीर समस्या, भौतिक पूर्वाधारको ढिलासुस्ती र बाढी–पहिरोको जोखिम जस्ता सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद जगत तिमल्सिनाले नेपालको परराष्ट्र नीति र कुटनीतिक प्रतिनिधित्वमा देखिएको रिक्तताप्रति प्रश्न उठाउनु भयो ।

३१ वैदेशिक नियोगमध्ये २१ वटामा राजदुत नहुँदा ती नियोगहरू कार्यवाहकको भरमा चलिरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।