अर्घाखाँचीमा AMR तथा जुनोटिक रोगसम्बन्धी अभिमुखीकरण, एन्टिबायोटिकको उचित प्रयोगमा जोड (तस्बिर सहित)

-केशव पन्थी / अर्घाखाँची डटकम्। 

अर्घाखाँची, भदौ ९ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, अर्घाखाँचीको आयोजनामा एन्टिमाइक्रोबियल रेजिस्टेन्स (AMR) तथा जुनोटिक रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

May be an image of text that says ""व्यवसायिक पशुपालन गरि स्वरोजगार ब्नो, पशुपंक्षीहरुमा संक्रामक रोग विरुदु खोप लगाई सुरक्षित राखीं AMR तथा जुनोटिक रोग कार्यंक्रम रतबन्ी अभिमुखीकरण मिति: ಎಂ.\/ಳ/೦9 गते स्थान: कार्यालयको तालिमहल O मदेरिनरी अस्पताल तथা पशासेवाविजकेन्द्र पशु आयोजळ: अधासांची"

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तालिम हलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रवेश कुँवरको अध्यक्षता तथा वरिष्ठ पशु चिकित्सक लोकराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो।

May be an image of one or more people, people studying and text

कार्यक्रममा पशु चिकित्सक विष्णुप्रसाद पौडेलले अभिमुखीकरणको औचित्य तथा विषयवस्तुबारे जानकारी गराउनुभएको थियो। जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले मानव स्वास्थ्य र एन्टिमाइक्रोबियल रेजिस्टेन्स (AMR) सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।

May be an image of dais and text

यस्तै, भेटेरिनरी अस्पतालका पशु चिकित्सक डा. हकिकत अलीले पशु स्वास्थ्य तथा पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगका विभिन्न पक्षबारे जानकारी गराउनुभएको थियो। सन्धिखर्क नगरपालिकाका पशु चिकित्सक डा. नवीन पन्थीले समेत पशु स्वास्थ्यसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।

May be an image of dais and text

पशु स्वास्थ्य अधिकृत सुन्दरलाल विकले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी, एग्रोभेट सञ्चालक, पशु दाना तथा खाद्य बिक्री–वितरण व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

images

May be an image of one or more people, people studying and temple

कार्यक्रममा मानव तथा पशु स्वास्थ्यमा एन्टिबायोटिकको उचित प्रयोग, एन्टिमाइक्रोबियल रेजिस्टेन्सबाट उत्पन्न हुन सक्ने जोखिम तथा पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगको रोकथाम र नियन्त्रणका विषयमा जानकारी दिइएको थियो।

images

May be an image of one or more people, people studying, table and text

मानिस, पशु र वातावरणबीचको स्वास्थ्यसम्बन्धी अन्तरसम्बन्धलाई ध्यानमा राख्दै एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण तथा जुनोटिक रोगको जोखिम न्यूनीकरणका लागि सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

images

May be an image of one or more people, people studying and text

तस्वीर : केशव पन्थी / अर्घाखाँची डटकम्

May be an image of one or more people and text

May be an image of one or more people, people studying and text

Nepal life insurance

May be an image of studying and text

May be an image of one or more people, people studying and text

May be an image of one or more people and text

May be an image of one or more people, people studying and text

May be an image of one or more people and text

अन्य समाचारहरु