
काठमाडाैं, १० भदाैं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै लियाेनेल मेस्सी र क्रिस्टियानाे राेनाल्डाे पुनः खेल मैदानमा फर्किएका छन् ।
क्लब फुटबल खेलिरहेका मेस्सी र राेनाल्डाेले फुटबलमा पुनरागमन हुदैँ गाेल पनि हानिसकेका छन् । फिफा विश्वकप पछि पहिलाे पटक क्लब फुटबलका लागि मैदानमा उत्रिएका मेस्सी र राेनाल्डाेकाे खेल याे सिजनकाे सुरूवाती कस्ताे रहयाे त ? याे सबैकाे चासाेकाे बिषय रहेकाे छ।

एमएलएसको व्यस्त तालिकाका बिच मेसीले यस हप्ता इन्टर मियामीका लागि दुई खेल खेलेका छन । पहिलो खेल गत बुधबार फिलाडेल्फिया युनियनविरुद्ध भएकाे थियो, जुन तनावपूर्ण बराबरीमा टुंगिन पुग्याे । मेसी पहिलो गोलमा पनि भुमीका खेलका थिए उनले बक्सको बायाँ भागमा रहेका लुइस सुआरेजलाई बल मिलाइ दिए। सुआरेजले हेडरमार्फत बललाई बक्सको अर्कोतर्फ पठाए, जहाँ ड्यानियल पिन्टरले ट्याप इन गर्दै २१औँ मिनेटमा खेल १-१ को बराबरीमा ल्याए।


त्यसको पाँच मिनेट पछि मेसीले दायाँतर्फबाट युनियनको बक्सभित्र बल लिएर अघि बढे। युनियनका डिफेन्डरहरूले घेरेको अवस्थामा पनि उनले बललाई घुमाएर टाढाको कुनामा प्रहार गर्दै स्कोर २-१ बनाउन सफल भए, विश्वकप पछि उनकाे याे पहिलाे गाेल बन्न पुग्याे । तर, ५७औँ मिनेटमा युनियनले बराबरी गोल फर्कायो।
तर, ६९औँ मिनेटमा मेसीले पिन्टरलाई उत्कृष्ट ‘थ्रु बल’ गराए तर गोलकिपरसँग आमनेसामनेको स्थितिमा पिन्टरले गोल गर्न सकेनन्। खेलको अन्त्यतिर युनियनले गोल गर्ने राम्रा अवसरहरू पाएको थियो तर मियामीका गोलकिपर डेन सेन्ट क्लेयरको उत्कृष्ट प्रदर्शनका कारण खेल २-२ को बराबरीमै सकियो। यसैबीच, खेलको क्रममा मेसी र युनियनका फुलब्याक क्विन सुलिभानबीच भनाभन भयो र त्यसक्रममा मेसीले सुलिभानको घाँटीको पछाडिको भागमा थप्पड हाने। त्यसपछि एमएलएसले मेसीलाई नखुलाइएको रकम बराबरको जरिवाना गरेको जनाइएकाे छ।

फेरी तीन दिन पछि मेसीले पुनः गोल गर्न सफल भए । यसपटक टोरन्टोविरुद्ध ०-२ ले पछि परेको अवस्थामा उनले ८१औँ मिनेटमा मियामीका लागि एक गोल फर्काउन सफल भए । अन्तिम डिफेन्डरलाई छल्दै अघि बढेका मेसीले रोड्रिगो डे पाउलको उत्कृष्ट ‘थ्रु बलु समाते र अघि बढेका गोलकिपरलाई छल्दै बललाई जाली चुमाए, जसले स्कोर १-२ बनायो। तर खेल त्यही नतिजामा टुंगियो, यससँगै मियामी पछिल्ला पाँच खेलमा जित विहीन १ बराबरी, ४ हार रहन पुगेकाे छ ।
हालैको निराशाजनक प्रदर्शनका बाबजुद इन्टर मियामी ३९ अंकसहित ‘इस्टर्न कन्फरेन्स’ को दोस्रो स्थानमा यथावत छ भने तेस्रो स्थानको शिकागो फायरभन्दा तीन अंकले अघि र पहिलाे नम्बरमा रहेकाे नासभिल एससीभन्दा १० अंकले पछाडि रहेकाे छ ।


मेस्सीको बारेमा प्रत्यक्ष रूपमा केही भनिएको त छैन तर मियामीका मुख्य प्रशिक्षक गुइलेर्मो होयोस, जो पहिले टोलीका स्पोर्टिङ डाइरेक्टर थिए, ले पाँच खेलमा चौथो हार बेहोरे पछि यस्तो प्रतिक्रिया दिएका छन, ‘अहिले हामी नतिजाको मामिलामा यस्तो संघर्षको सामना गरिरहेका छौं जुन पहिले थिएन। यस संघर्षले हाम्रो मानसिकतामा असर पार्छ, र त्यसैले कहिलेकाहीँ परिस्थिति हाम्रो पक्षमा हुँदैन।’
‘तर, म फेरि पनि भन्छु र सधैं यही कुरा दोहोर्याउँछु कि जब हामी लगातार हारको शृङ्खलाबाट गुज्रिरहेका हुन्छौं, तब त्यसको जिम्मेवारी मेरो हुन्छ। मेरा सहकर्मीहरूसँग मिलेर हामीले स्थितिलाई सकेसम्म चाँडो सुधार्नका लागि आवश्यक प्रयास र सुधारहरू गर्नुपर्छ।’
उता, रोनाल्डो पनि खेल जीवनमा फर्किएका छन । अल रियादविरुद्धको खेलमा अल नासर ३-० ले अघि रहेको अवस्थामा ६२औँ मिनेटमा मैदान प्रवेश गरेका रोनाल्डोले नयाँ सिजनको आफ्नो पहिलो खेललाई एक उत्कृष्ट गोलमार्फत यादगार बनाए। ८३औँ मिनेटमा आयमान याह्याको पासलाई नियन्त्रणमा लिँदै रोनाल्डोले तुरुन्तै घुमेर बायाँ खुट्टाले प्रहार गरेको सशक्त सट गोलपोस्टको कुनामा छिरेकाे थियाे । सिजनको आफ्नो पहिलो र करियरको ९७७औँ गोलमार्फत उनले अल नासरलाई ४-० को शानदार जित दिलाएसँगै नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लुको नेतृत्वमा टोलीले आफ्नो विजयी सुरुवातलाई निरन्तरता दिएको छ।

साउदी प्रो लिगमा लगातार दुई खेल जितेर, अन्य चार टोलीले पनि आफ्ना सुरुवाती दुई खेल जितेका छन्, साविक विजेता अल नासर गोल अन्तरका आधारमा सुरुवाती चरणमै शीर्ष स्थानमा रहेको छ।
एन्ज पोस्टेकोग्लुले मैदानमा फर्किएका आफ्ना कप्तान राेनाल्डाेकाे निकै प्रशंसा गरेका छन् । ‘मैले अघिल्लो खेल पछि नै भनेको थिएँ कि क्रिसका लागि मैदानमा फर्कन हतार नगरी समय लिनु महत्त्वपूर्ण थियो, किनकि अफ सिजनमा उनी निकै व्यस्त थिए,’ पोस्टेकोग्लुले भने, ‘उनको मानसिकता सधैं खेल्ने नै हुन्छ तर उनले सही प्रक्रियाहरू अपनाउने कुरा सुनिश्चित गरे, प्रशिक्षणमा कडा मिहिनेत गरे र आज ३० मिनेट खेल्न पाउनु उनका लागि उत्कृष्ट रह्यो। अनि उनले गोल पनि गरे, जसले उनको क्षमता र व्यक्तित्वलाई प्रस्ट पार्छ।’
गोल र असिस्टको विवरण
मेसीः ९२३ गोल, ४२० असिस्ट (यस हप्ता दुई गोल थपिए)
रोनाल्डोः ९७७ गोल, २६१ असिस्ट (यस हप्ता एक गोल थपियो)





