रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा भीषण बाढी : उच्च शतर्कता अपनाउन सरकारको आग्रह

रसुवा जिल्लाको टिमुरे र स्याप्रुबेँसी आसपासका क्षेत्रमा भीषण बाढी आएको छ ।

बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

सरकारले सम्भावित क्षति न्युनिकरणका लागि उद्धार तथा राहतका सम्पूर्ण संयन्त्रहरूलाई तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न सरोकारवाला निकायहरूलाई निर्देशित गरेको हो ।

विशेष गरी रसुवा र नुवाकोट जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष शतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा भीषण बाढी : उच्च शतर्कता अपनाउन सरकारको आग्रह