
धादिङ । चीनबाट त्रिशूली नदीमा आएको बाढीले धादिङमा पनि ठुलो क्षति भएको छ ।
धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बाढीले बगाएको छ । फुर्केखोला-परेवाटार जोड्ने पक्की पुल बगाएपछि धादिङबेंसी जाने सहज सम्पर्क टुटेको हो ।


त्यस्तै पक्की पुलहरू बगाएको छ भने विभिन्न बस्तीमा बाढी बसेको छ । प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै जोखिममा रहेका बस्ति सार्न लागिएको बताएको छ ।





