भोटेकोशी बाढी: मैलुङ पाखाको ओडारमा फसेका ८ जनाबाट उद्धारको अपिल

रसुवा । भोटेकोशीको बाढीपछि ओडारमा फसेका ८ जना स्थानीय मैलुङमाथिको पाखामा बसेर ज्यान जोगाएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् ।

उक्त क्षेत्रमा फसेकामध्ये एक अर्जुन न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्- ‘हामी ८ जना अहिले मैलुङमाथि पाखाको ओडारमा छौं । फोन उठाउन सकिन्न । कृपया धेरै साथीलाई बगायो । ३०० माथि फसिरहेको देखिरहेका छौँ । राज्यले हेलिकोप्टरबाट उद्धार गरिदिनुस् ।’