
काठमाडौँ । नेपालमा रसुवासहितका क्षेत्रमा भीषण बाढी आउनुअघि चीनको तिब्बतस्थित केरुङ नाकानजिकै ठूलो पहिरो गएको खुलेको छ। पहिरोमा केही मानिस बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका अनुसार चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत जिरोङ काउन्टीमा पर्ने केरुङ बन्दरगाह आसपास बुधबार ठूलो पहिरो गएको हो।


पहिरोका कारण चीनबाट केरुङ नाका हुँदै नेपालतर्फ आउने सडक अवरुद्ध भएको छ। साथै सञ्चार सेवा र विद्युत् आपूर्तिसमेत प्रभावित भएको जनाइएको छ।

जिरोङ काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी खोज तथा उद्धारसँगै क्षतिको विवरण संकलन भइरहेको छ।
यसैबीच, चीनतर्फ गएको उक्त पहिरोपछि नेपालतर्फ भोटेकोशी हुँदै रसुवामा आएको भीषण बाढीबीच सम्बन्ध हुनसक्ने आशंका गरिएको छ। तर चीनमा गएको पहिरो नै नेपालतर्फ आएको बाढीको कारण हो भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन।

रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने सुरक्षाकर्मीसमेत सम्पर्कविहीन छन्। नेपालतर्फका भोटेकोशी तथा त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।


रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने सुरक्षाकर्मीसमेत सम्पर्कविहीन छन्। नेपालतर्फका भोटेकोशी तथा त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
स्रोत : पिपुल्स डेली, चीन
#RasuwaFlood #Kerung #ChinaLandslide #भोटेकोशी #रसुवाबाढी #केरुङ #ArghakhanchiCom #ArghakhanchiComHD




