
काठमाडौं, १० भदौं । तिब्बतवाट आएको बाढीका कारण भोटेकोशी र त्रिशुलीका तटिय क्षेत्रमा भएको बिनाश पछि उद्दार र राहातका लागि ३५ हेलिकोप्टर सञ्चालन गरिएको छ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि काठमाडौं विमानस्थलबाट हालसम्म २९ वटा निजी र ६ वटा सैनिक हेलिकोप्टर परिचालन गरिएको छ।


सो क्रममा काठमाडौं विमानस्थलस्थित उद्धार समन्वय केन्द्रका अनुसार २३ वटा निजी र २ वटा सैनिक हेलिकोप्टरले बाढी प्रभावित क्षेत्रमा रहेका घाईतेहरू ल्याइसकेका छन ।

अहिलेसम्म भोटेकोशीमा आएको बाढीमा परेका ८८ जनाको उद्धार गरिएको छ, जसमध्ये १३ जना त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् । र, हालसम्म १६ जनाको शव फेला परेको छ।




