
नेपाली काँग्रेसले देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै आफ्ना सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले उद्धार र राहत कार्यमा केन्द्रित हुन सरकार तथा मातहतका सबै निकायलाई अपिल गर्ने निर्णय गरेको हो ।


बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गर्नुभएको जानकारीअनुसार विशेषगरी रसुवा जिल्ला लगायतका क्षेत्रमा आएको आकस्मिक बाढीले पु¥याएको अपूरणीय जनधनको क्षतिप्रति काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

अर्बौंको भौतिक संरचना नष्ट भएको र धेरै नागरिक बेपत्ता भएको यस सङ्कटको घडीमा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र सुरक्षा निकायलाई एकतावद्ध भई उद्धारमा जुट्न कांग्रेसले आह्वान गरेको छ ।




