सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १३ सयले घटेर तोलाको ३ लाख २० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९६५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।