
पोखरा, ११ भदौ । विपद् प्रभावितको सहयोगमा पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४५ लाख सहयोग रकम जम्मा गर्ने निर्णय भएको छ।


साथै, स्वास्थ्यकर्मी, नगर प्रहरी, एम्बुलेन्स तथा आवश्यक उद्धार सामग्री (उपकरण) सहितको टोली विपद् प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। उक्त टोली परिचालन गर्दा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ।
निर्णयअनुसार परिचालित टोलीलाई आज आवश्यक सामग्रीसहित बिदाइ गरिएको छ।
विपद्को यस कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत र सहयोगमा पोखरा महानगरपालिका सदैव साथमा रहनेछ।





