
लन्डन, ११ भदौं । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग गर्न बेलायतले ५० लाख पाउन्ड अर्थात १ अर्ब नेपाली रूपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन्।
साउथ वेल्सको भ्रमणका क्रममा बर्नहमले भने, ‘नेपालमा घटेको घटनाले निकै भयावह तस्बिर देखाएको छ ।’


उनले तत्काल कदम चालिँदै गरेको र बेलायती नागरिकहरूले चौबीसै घण्टा सहयोग प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बेलायतले उक्त क्षेत्रमा कन्सुलर सहयोग सम्बन्धी कर्मचारीहरू खटाइरहेको जानकारीसमेत दिएका छन ।

नेपाल प्रहरीबाट प्राप्त पछिल्लो जानकारी अनुसार हाल ३३ जना बेलायती नागरिक बेपत्ता रहेको पनि उनले उल्लेख गरेका छन्। उनले भने, ‘स्वाभाविक रूपमा हाल केही बेलायती नागरिकहरू बेपत्ता भएको अनुमान गरिएको छ र यस्तो अत्यन्तै पीडादायी तथा भयावह परिस्थितिमा हामी उनीहरूका परिवारलाई सक्दो सहयोग उपलब्ध गराउनेछौं।’
बर्नहमले बेलायतले उक्त क्षेत्रमा आपतकालीन उद्धार टोली पठाउने प्रस्ताव पनि गरेको बताए तर यो विषयमा निर्णय गर्ने अधिकार स्वाभाविक रूपमा नेपाल सरकारकै हो।





