
रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
बिहीवार न्युज सँग कुराकानी गर्दै महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको बताउनु भयो ।


यद्धपी क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार महासंघको आपतकालीन कार्यसमिति बैठकले बाढीबाट क्षति पुगेका सवारीसाधनको विवरण संकलन गर्न केन्द्रिय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।





