चीनतर्फ पहिरोले जमेको ताल फुट्यो, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ र त्यसपछि पानीको सतह बढ्न थालेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना प्राप्त भएको जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारी परियारले ताल फुटेको भन्ने सूचना आएको र पानीको सतह बढ्न थालेको बताएका छन् ।

चीनतर्फ आगामी तीन दिनसम्म ठूलो पानी पर्ने सूचना बिहीबार नै प्राप्त भइसकेको उनको भनाइ छ। तीन दिन पानी पर्ने सूचना हिजै आएको र पानीको सहत बढ्न थालेपछि रसुवामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।

अन्य समाचारहरु