आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार

सरकारले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि उपलब्ध सबै आन्तरिक स्रोत र साधनको अधिकतम परिचालन गरिरहेको जानकारी दिएको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्धार कार्यलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताउनुभएको हो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को टोली उद्धार कार्यमा पूर्ण रूपमा परिचालित रहेको जानकारी दिनुभयो ।

अन्य समाचारहरु