बिदेशी उद्दारकर्ता नचाहिने अडानवाट सरकार पछि हटेसँगै भारतीय ‘टनेल रेस्क्यु टोली’ नेपालमा

काठमाडौं, १२ भदौं । उद्धार तथा खोजी कार्यमा विदेशी सहयोग नलिने अडानबाट नेपाल सरकार पछि हटेको छ।

तीन दिन देखी सुरूङमा फसेकाहरूले उद्दार गर्न आग्रह गर्दा पनि नेपालको जनशक्तिले मात्रै उद्दार गर्न सम्भव नभए पछि पुर्ववत अडानवाट पछि हटदै बिदेशका तालिम प्राप्त उद्दारकर्तालाई आउन अनुमति दिएको हो ।

जसअनुसार पहिलो टोलीको रूपमा भारतवाट ‘सुरूङ रेस्क्यु टोली’ हिजो राती नेपाल आइपुगेको छ। ‘राहत सामग्री तथा ११ सदस्यीय चिकित्सा एवं भारतीय सुरुङ उद्धार टोली अहिले घटनास्थलमा पुगेका छन्,’ भारतीय बिदेश मन्त्री एस जयशंकरले जानकारी दिदैँ भने ।

उनका अनुसार तेस्रो लटको राहात तथा उद्दार सामाग्री लिएर आएको भारतीय सेनाको जहाज मार्फत उनीहरू नेपाल आएका हुन् । उनीहरूले अब सुरूङमा फसेकाहरूको उद्दार कार्यमा सहजीकरण गर्ने देखी उद्दारमा आफ्नो ज्ञानहरू लगाउने भएका छन । भारतले पहिलाे लटमा १० टन, दाेस्राे लटमा ३७.५ टन र तेस्राे लटमा  थप १० टनसहित ५७.५ टन सामाग्री पठाइसकेकाे छ। तेस्राे लटमा  यस सहायतामा पोर्टेबल जेनेरेटर सेट, सम्मानजनक जीवनयापनका लागि आवश्यक सामग्री, खाद्य सामग्रीका प्याकेट र पानी शुद्धीकरण गर्ने चक्कीहरू समावेश रहेकाे उनले जानकारी दिए ।

गत शुक्रवार मात्रै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले  ‘सहयोगको प्रस्ताव आउनु स्वाभाविक भए पनि हाम्रा सुरक्षा निकायले नै खोज तथा उद्धारको काम गरिरहेकाले अहिलेका लागि त्यस्तो सहयोग आवश्यक छैन’ भनी प्रतिक्रिया दिए।

तर, तीन दिन देखी मानिसहरू सुरूङ तथा अन्य क्षेत्रमा फसिरहेको र उनीहरू जिउँदै रहेको समाचार सार्बजनिक भएसँगै नेपाल सरकारले पहिलो पटक बिदेशी उद्दारकर्तालाई ‘रेस्क्यु’ गर्न अनुमति दिएको हो ।