गोरुसिंगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध

अर्घाखाँची । कपिलवस्तुबाट अर्घाखाँची जाने गोरुसिंगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।

वर्षाका कारण जंगल क्षेत्रमा रुख ढलेर र पहिरो गएर सडक अवरुद्ध भएको हो ।

प्रहरीले वर्षा अझै जारी रहेकाले सडक खुलाउन समय लाग्ने र जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।