
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले रसुवा बाढीका कारण जलविद्युत आयोजनामा फसेका नागरिकको तत्काल उद्धार गर्न ठूलो चुनौती देखिएको बताउनुभएको छ । उहाँले त्रिशूली–३ ए, बी लगायत जलविद्युत आयोजनाको भूमिगत पावरहाउसमा फसेका कामदारको उद्धारमा ठूलो चुनौती देखिएको बताउनुभएको हो ।
बाढीको कारण प्रारम्भिक चरणमा त्रिशुली– ३ ए को आयोजनास्थल पहिचान गर्न नै मुस्लिक परेको उहाँले बताउनु भयो ।


बाढी र लेदोले संरचना पुरिएपछि सुरुङ तथा पावरहाउसको वास्तविक स्थान तत्काल पत्ता लगाउन मुस्किल भएको उहाँको भनाई छ । उहाँकाअनुसार बाढीपछि पहिलो चरणमा नेपाली सेना, आयोजनामा कार्यरत प्राविधिक तथा अन्य टोलीले पावरहाउस र सुरुङको स्थान पहिचान गर्ने प्रयास गरेपनि तत्काल सफल हुन सकेनन् ।





