
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालय, रसुवाबाट भोटेकोसी नदीमा बाढीको बहाब बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ।
प्राधिकरणले आज (आइतबार) बिहानै सूचना जारी गरी भनेको छ, ‘रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौँ। थप जानकारी प्राप्त हुनासाथ अपडेट गर्दै जाने छौँ।’


बाढी पूर्वानुमान महाशाखाले पनि सोही सूचना सम्प्रेषण गरेको छ।





