भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति, उद्धार र राहत कार्य जारी

गएको भदौ १० गते त्रिशूली तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । नदी तटीय क्षेत्रमा रहेका प्रमुख बस्तीहरू टिमुरे, स्याँप्रुबेंसी,त्रिशूली, बट्टार र देवीघाट लगायतका स्थानमा बाढीले व्यापक भौतिक तथा मानवीय क्षति पु¥याएको हो ।

नदीको जलस्तर बढेर बस्तीमा पसेपछि ठूलो संख्यामा निजी आवास, कृषि योग्य जमिन र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ ।

बाढीका कारण विस्थापित भएका परिवारहरू हाल बिचल्लीमा परेका छन् । प्राप्त जानकारीअनुसार प्रभावित क्षेत्रहरूमा अहिले सरकारी निकाय, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरूको सक्रियतामा उद्धार तथा राहतका कार्यहरू सञ्चालन भइरहेका छन् ।