
रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेंसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ । फुर्केखोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङवेशी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।
संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालकाअनुसार बाढीले फुर्के खोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको थियो ।


त्यसपछि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेंसी जोड्ने सडक खुलाएको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हाल साना सवारी साधनहरू धादिङबेसीसम्म सञ्चालन हुन थालेका छन् ।




