स्थानीय सरकारलाई जिम्मेवार बनाउन गगन थापाको सुझाव

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिँदै कमजोरी सच्याउन खबरदारी गर्ने बताउनुभएको छ ।

बाढी–पहिरो पछिको अवस्था र पार्टीको भुमिकाबारे छलफल गर्न पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित बैठकमा उहाँले विपद् व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

सभापति थापाले जाजरकोट भूकम्प लगायतका विगतका विपद्हरूबाट सिकेको ज्ञानलाई संस्थागत गर्नुपर्ने बताउनु भयो ।